१३ खर्ब ९ अर्बको सेवा आयात, पेट्रोलियम पदार्थमा सबैभन्दा धेरै खर्च

आइतबार, ०७ बैशाख २०८२, १२ : ५४

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । 

भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा २ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ पेट्रोलियम पदार्थ आयातमा खर्च भएको छ । 

दोस्रोमा १ खर्ब २२ अर्ब ४२ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यस्तै तेस्रोमा पाम तथा प्रशोधित तेल आयात भएको देखिन्छ । यो अवधिमा पाम तथा प्रशोधित तेल १ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

यस्तैगरी ८८ अर्ब ४७ करोड रुपैयाँको बोइलिङ मेशिन, ८६ अर्ब १० करोड रुपैयाँ बराबरको इलेक्ट्रिकल मेशिन तथा उपकरण ७० अर्ब ४२  करोड  रुपैयाँ बरबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । 

यस्तै ४८ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्लाष्टिकजन्य वस्तु १३ अर्ब १६ करोड रुपैयाँ बराबरको रबरका सामग्री, ४७ अर्ब ८५ करोड बराबरको मोती, औषधजन्य वस्तु ३२ अर्ब ४ करोड रुपैयाँको, २० अर्ब २६ करोड रुपैयाँ बराबरको मल, २३ अर्ब ४ करोड रुपैयाँ बराबरको कपडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 
 

आइतबार, ०७ बैशाख २०८२, १२ : ५४

प्रतिक्रिया