काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चामा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारको विषय छानबिन गर्न माग गर्दै मागपत्र बुझाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीसहितको टोलीले पर्यटन मन्त्री बद्री पाण्डे, नागरिक उड्डयन कार्यालय पोखरा र सार्वजनिक लेखा समितिसमक्ष यस्तो माग गरेको हो ।
रास्वपाले उक्त विषयमा छानबिन गर्न र शङ्काको घेरामा रहेका प्राधिकरणका पदाधिकारीसहित राजनीतिज्ञहरूलाई समेत आवश्यक अनुसन्धान तथा कारबाही गर्नुपर्ने आफ्नो मागपत्रमा उल्लेख गरेको छ ।
यसअघि संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको थियो ।
प्रतिक्रिया