आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात  खेल्दै

सोमबार, ०८ बैशाख २०८२, १० : ४७

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र  गुजरात टाइटन्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ ।

आईपीएलमा गुजरात ७ खेलमा ५ मा जीत र २ मा हारसहित १० अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ३ मा जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । 

 
 
सोमबार, ०८ बैशाख २०८२, १० : ४७

प्रतिक्रिया