सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०८ बैशाख २०८२, ११ : ०३

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुन प्रतितोला १लाख ९१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १९ सय ६० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको छ ।

सोमबार, ०८ बैशाख २०८२, ११ : ०३

प्रतिक्रिया