काठमाडौं- स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २९ गते सोमबारका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा रजिष्टर्ड कार्यालय, भानुचोक, जनकपुरधाम, धनुषामा दिनको १ बजे हुनेछ ।
सभामा अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आथिृक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गरिने कम्पनीले बताएको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालकको नियुक्ति लगायतका विविध प्रस्ताव अनुमोदन गर्नेछ ।
प्रतिक्रिया