काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात (एनपीएल) मा वृद्धि भएको छ ।
संचालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १८ बैंकको खराब कर्जा बढेको छ । ९ वाणिज्य बैंकको कुल खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको हो ।
तथ्यांकअनुसार सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको छ । गत वर्ष यही अवधिमा ४.९६ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु वर्षमा ७.६८ प्रतिशत पुगेको छ । कुमारी बैंकको एनपीएल ६.९८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ६.०६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा कुमारीको ४.९५ प्रतिशत र इन्भेष्टमेन्ट मेगाको ४.६६ प्रतिशत थियो ।
लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.८६ प्रतिशत, सिटिजन्स बैंकको ५.७१ प्रतिशत, प्राइम बैंकको ५.६५ प्रतिशत, एनआईसी एशियाको ५.७५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, एनएमबि बैंकको ४.४७ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.०६ प्रतिशत, कृषि विकास बैंकको ४.९८ प्रतिशत,सिद्धार्थ बैंकको ४.०४ प्रतिशत ,र सानिमा बैंकको ३.४२ प्रतिशत रहेको छ।
यो अवधिमा दुई बैंकको खराब कर्जा भने घटेको छ । जसमा स्टान्र्डड चार्टडको १.४४ र एभरेष्ट बैंकको ०.६४ प्रतिशत मात्र खराब कर्जा रहेको छ ।
प्रतिक्रिया