काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी छ।
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २० दिनदेखि शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरिरहेका छन्।
यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे पनि छलफल हुने बताइएको छ । सिफारिस समितिले तीन जनाको नाम पठाएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्ने बताइएको छ।
अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको तीन जनाको समितिले अहिलेसम्म सिफारिस गर्न सकेको छैन। चैत २५ गतेदेखि गभर्नर पद रिक्त छ।
प्रतिक्रिया