आईपीओ निष्कासन गर्दै मुक्तिनाथ फुड बैंक, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल

सोमबार, ०८ बैशाख २०८२, १३ : १८

काठमाडौं- मुक्तिनाथ फुड बैंक लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनीले प्रक्रिया सुरु गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शकर्ता नियुक्त गरेको छ। 

दुवै कम्पनीहरुबीच भएको दुई पक्षीय सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ।

उक्त सम्झौतामा मुक्तिनाथ फुड बैंकका सञ्चालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्। परामर्श सेवामा कम्पनी दर्तादेखि सेयर निष्कासनसम्मको सम्पूर्ण प्रक्रिया समेटिनेछ।

कम्पनीले आईपीओ निष्कासन बारे थप जानकारी भने दिएको छैन । 

सोमबार, ०८ बैशाख २०८२, १३ : १८

प्रतिक्रिया