नेप्सेमा ७.७५ अंकको गिरावट, कुन कम्पनीको कति भयो कारोबार ?

सोमबार, ०८ बैशाख २०८२, १५ : १६

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेको छ । यस दिन परिसूचक २६९८.२८ विन्दुमा कायम भएको छ ।

यस दिन ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर किनबेच हुँदा ८ आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुइ सय ९३ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले कमाएका छन् ।

top

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एचआइडीसीएलको ४३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार, ०८ बैशाख २०८२, १५ : १६

प्रतिक्रिया