चलचित्र ‘कार्की साइँला’ को शुभ मुहूर्त, जितु र वर्षाको जोडी बाँधिने

सोमबार, ०८ बैशाख २०८२, १५ : ५२

काठमाडौं- चलचित्र ‘कार्की साइँला’को शुभ मुहूर्त गरिएको छ।  सोमबार चलचित्र निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै कोटेश्वरको महादेवस्थान मन्दिरमा मुहूर्त गरेका हुन्।

चलचित्रको मुख्य भूमिकामा अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा शिवाकोटी देखिने भएका छन् । चलचित्रमा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङलगायत कलाकारले अभिनय गर्नेछन् । 

राजेन्द्र बस्नेतले निर्देशन गर्ने चलचित्र ग्रामीण भेगका बस्ने भुइँ मान्छेको कथामा आधारित रहेको बताइएको छ। चलचित्र छायांकन यही वैशाख २० देखि धनकुटाको विभिन्न स्थानमा गरिने जनाइएको छ। डम्बरबहादुर राईले छायांकन गर्ने फिल्म राजु किराँतीको द्वन्द्व निर्देशन, बाबुल गिरीको संगीत, कमल राईको नृत्य निर्देशन, जीवननाथ गौतमको मुख्य सहायक निर्देशनमा बन्नेछ। 

कर्ण बहादुर फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता र बालकुमार राई निर्माता रहेका छन् । 

सोमबार, ०८ बैशाख २०८२, १५ : ५२

प्रतिक्रिया