हिरासतमा रहेका प्रसाईंमाथि अर्को पक्राउ पुर्जी जारी, सिआईबीले अनुसन्धान गर्दै

सोमबार, ०८ बैशाख २०८२, १५ : ५४

काठमाडौं- प्रहरीको हिरासतमा रहेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंमाथि अर्को पक्राउ पुर्जी पनि जारी भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर सिआइबीलाई पत्राचार गरेपछि पक्राउ पुर्जी जारी भएको हो । प्रसाईंले लिएका ऋणहरू दुरूपयोग गरेकाले कारबाही गर्न भनेर राष्ट्र बैंकको आरोप छ ।

चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीको हिरासतमा रहेका प्रसाईंमाथि अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गर्ने भएको छ ।

सोमबार, ०८ बैशाख २०८२, १५ : ५४

प्रतिक्रिया