पियोर इनर्जीको आईपीओ यही साता बाँडफाँड गर्ने तयारी

सोमबार, ०८ बैशाख २०८२, १६ : ०८

काठमाडौं- पियोर इनर्जी लिमिटेडको आईपीओ यहि साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले वैशाख ११ गते बिहीबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको जानकारी दिएको हो । 

आईपीओमा १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १९.०२८ गुणा बढी हो । आईपीओमार्फत अन्तिम दिनसम्म २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन भएको थियो ।

पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले यसअघि स्थानीयलाई १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।
 

सोमबार, ०८ बैशाख २०८२, १६ : ०८

प्रतिक्रिया