बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्धको रिट हेर्न नभ्याइनेमा

सोमबार, ०८ बैशाख २०८२, १६ : १३

काठमाडौं- सर्वोच्च अदालतमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको रिट आज हेर्न नभ्याइनेमा राखिएको छ।

ओझाविरुद्ध परेको रिट सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा राखिएको थियो। 

यसअघि गत चैत ३१ गते यो रिटमा पेसी तोकिएको थियो। न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासमा राखिएकोमा यो मुद्दा त्यस दिन हेर्न नमिल्नेमा राखिएको थियो।

बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्तासमेत रहेकी अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी थिइन्।

सोमबार, ०८ बैशाख २०८२, १६ : १३

प्रतिक्रिया