काठमाडौं- नेकपा(एमाले)का नेता एवं सांसद योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त दुई विमानस्थल सम्बन्धि निर्णयमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका हुन् ।
उनले लेखेका छन्। ‘म २०७६ साउन १५ गतेदेखी २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारीमा रहेको हो । उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ । ’
साथै उनले आफ्नो बारेमा मिडिया ट्रायल गरिएको उल्लेख गर्दै बेथितिको दलदलमा रहेकाहरुले नै आफूलाई आरोपित गरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पीस छन भन्ने मैले राम्ररी बुझेको छु। मीडिया ट्रायल गरेर उम्कन सकिंन्छ भनेर ढुक्क नभए हुन्छ । मलाई औला उठाउनेहरू नै पर्नेवाला छन । Document मसंग छ ।आवश्यक परे सार्वजनिक गरौला ।’
प्रतिक्रिया