एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

सोमबार, ०८ बैशाख २०८२, १६ : ४४

काठमाडौं- एभरेष्ट बैंकको ऋणपत्र २०९१ नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सूचिकृत भएको छ । वैशाख ८ गते सोमबार एभरेष्ट बैैकको ऋणपत्र सूचिकृत भएको नेप्सेले जानकारी दिएको छ । 

बैंकको १० वर्ष अवधि र ७.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचिकृत भएको हो । एभरेष्ट बैंकको ऋणपत्र २०९१ अंकित चुक्ता मूल्य १ हजारको कुल ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम ऋणपत्र सूचिकृत भएको हो ।

सूचीकरण सम्झौतासँगै बैंकको उक्त ऋणपत्र मंगलबारबाट दोस्रो बजारमा कारोबार हुनेछ । नेप्सेमा सूचिकृत भएको दोस्रो कारोबार दिनबाट कारोबार सुरु हुने व्यवस्था रहेको छ । 

suchikrit

सोमबार, ०८ बैशाख २०८२, १६ : ४४

प्रतिक्रिया