काठमाडौं- गुल्मी आँपचौर सेवा समाज जापानको आठौं अधिवेशन सम्पन्न भएको छ । जापानको सिनोओकुबु मुरा हलमा आइतबार सम्पन्न अधिवेशनले विष्णु खरालको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा खरालसहित उपाध्यक्षहरुमा विष्णु गैरे, सारदा पोखरेल, प्रशुराम खरेल(प्रकाश), गोकुल अर्याल, सन्तोष अर्याल र विष्णुकुमारी खरेल रहेका छन् ।
यस्तै महासचिवमा सविन घिमिरे सर्वसम्मत चयन भए भने सचिवमा राजकुमार अर्याल र सरोज खरेल पनि निर्विरोध निर्वाचित भएका हुन् । कोषाध्यक्षमा सुनिल अर्याल, सहकोषाध्यक्षमा शंकर खरेल र कृष्णप्रसाद भण्डारी चयन भएका छन् ।
सदस्यहरुमा तुल्सीराम अर्याल, माधव खरेल, जमुना खरेल, सावित्रा तिवारी, शितल केसी, सरु खरेल र सिता गैरे चयन भएका छन् ।
जापानलाई कर्मथलो बनाएर बसोबास गरिरहेका गुल्मी आँपचौरका स्थायी बासिन्दाको उपस्थितिमा सम्पन्न अधिवेशनमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई खादा र मालाले स्वागत गरिएको थियो । कार्यक्रममा सहभागीहहरुले नेपाललाई चिनाउने गुल्मी आँपचौरको कफीलाई प्रबद्र्धन गरी विश्वबजारमा पुर्याउने प्रतिबद्धता समेत गरेका थिए ।
साथै कार्यक्रममा जापान भ्रमणमा रहेका आमाबुबाहरुलाई खादा लगाएर सम्मान गरिएको थियो भने गुल्मी मुसीकोटको नौमती पञ्चेबाजा समूह र राष्ट्रिय कलाकार सन्तु थापाको समेत सांगीतिक प्रस्तुती रहेको थियो ।
विष्णु खरालको शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथि महेन्द्र कुमार अधिकारी र विशिष्ट अतिथि घनश्याम खरेल रहेका थिए । कृष्ण पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन राज सापकोटा (शंकर)ले गरेका थिए ।
प्रतिक्रिया