‘अहिलेको अर्जेन्टिनालाई जसले पनि हराउँछ’ : म्याराडोना

४ बर्ष अगाडि

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले कोपा अमेरिकाको पहिलो खेलमा कोलोम्बियासँग पराजित भएपछि लिओनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीको आलोचना गरेका छन् ।

म्याराडोनाले पहिलो खेलबारे अर्जेन्टिनी टेलिभिजन टिवाईसी स्पोर्ट्ससँग बोल्दै टोलीको प्रदर्शन निकै खराब रहेको बताए । ‘ अर्जेन्टिनाले निकै खराब प्रदर्शन गर्यो ।

यस्तो अवस्थामा टोङ्गाले पनि अर्जेन्टिनालाई पराजित गर्न सक्छ,जसले पनि हराउँछ’ उनले थपे,हामीले राष्ट्रिय टोलीका लागि खेल्दा बेग्लै गौरव अनुभूति गर्थ्यौं । अहिले त्यो सब कहाँ छ ? राष्ट्रिय टोलीको जर्सी भनेको आमा समान हुन् ।’ टोङ्गा फिफा वरीयतामा २ सय २ स्थानमा रहेको टोली हो ।

अर्जेन्टिनाले समूह ‘बी’ को खेलमा पाराग्वेको सामना गर्दैछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया