दशक गायिकाका रुपमा अन्जु पन्त सम्मानित

मंगलबार, ०९ बैशाख २०८२, १२ : ५९

काठमाडौं- नेपाली गीत संगीतको क्षेत्रमा तीन दशक अनवरतरुपमा पुर्‍याएको योगदानको कदर गर्दै गायिका अन्जु पन्तलाई दशक गायिकाको रुपमा नेसनल क्यापिटल अनर अवार्ड २०८१ बाट सम्मानित गरिएको छ।

गत वैशाख ४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा गायिका पन्तलाई सम्मानित गरिएको हो । गायिका पन्तले नेपाली संगीतको क्षेत्रमा निरन्तर पाश्र्व स्वर, आधुनिक, लोक, भाषाभाषी लगायत विभिन्न विधाका ८ हजार भन्दा बढी गीतहरु रेकर्ड गराई सक्नुभएको र नेपाली संगीतलाई विश्वमा नै चिनाउनमा ठूलो योगदान पुर्‍याएकाले सम्मान गरिएको थियो । 

गायिका अन्जु पन्त हाल मेरो भ्वाइस युनिभर्सको निर्णायकको भुमिकामा व्यस्त छिन् । यद्यपि उनी क्यापिटल अवार्डको सम्मान कार्यक्रममा  उपस्थित भएकी थिइन् ।

यसैगरि यस वर्षको वेष्ट न्यु ट्यालेन्ट क्यापिटल अवार्ड परितोषिका पन्तले प्राप्त गरेकी छन् ।

मंगलबार, ०९ बैशाख २०८२, १२ : ५९

प्रतिक्रिया