ट्रस्ट माइक्रो इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा

बुधबार, १० बैशाख २०८२, १० : १७

काठमाडौं- ट्रस्ट माइक्रो इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी संचालक समितिको बैठकले आउँदो जेठ १ गते साधारणसभा डाकेको हो। सभा रुपन्देहीको बुटवल–११ स्थित महाराजा रिसोर्टमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले आईपीओ जारी गर्नका लागि नियमनकारी निकायहरुबाट कुनै किसिमको संशोधन, फेरबदल एवं थपघट गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले प्रबन्धपत्रमा संशोधन, सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च र सञ्चालकहरुको सेवा–सुविधासम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सोही सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

बुधबार, १० बैशाख २०८२, १० : १७

प्रतिक्रिया