नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारणसभा

बुधबार, १० बैशाख २०८२, ११ : ३५

काठमाडौं- नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। सभा जेठ ५ गते शनिबार धुलिखेलस्थित होटल सारथीमा बिहान ११ बजेबाट सुरु हुनेछ।

कम्पनीले यस पटकको साधारणसभामा लाभांशसम्बन्धी प्रस्ताव भने समावेश गरेको छैन। सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। साथै, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालक सदस्यहरूको निर्वाचन पनि गरिनेछ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गतेलाई बुक क्लोज मिति तोकेको छ। वैशाख २० गतेसम्म कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन पाउनेछन् । 

बुधबार, १० बैशाख २०८२, ११ : ३५

प्रतिक्रिया