काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेला –२०२५ हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा वैशाख २५ गतेबाट हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको महासंघले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको यो दशौं संस्करण हो। यो वर्ष वैशाख २५ देखि सुरु हुने मेला २९ गतेसम्म सञ्चालन हुनेछ । मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, र बंगलादेशका स्टलहरु सहभागि हुनेछन् भने र थाइल्याण्डको सहभागिता रहने महासंघले जनाएको छ ।
महासंघमा अनुसार मेलामा मेड इन नेपाल पेभेलियन तथा बस्तुगत संघहरुको पेभेलियन रहने छ । महासंघले २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरेको थियो। मेलामा कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी बस्तु तथा सेवाको प्रर्दशनी गरिने आयोजकको भनाई छ ।
मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फूड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, स्मार्टवाच, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गामेन्ट्स स्टलहरु रहनेछन् । मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, बस्तुगत संघहरुका उत्पादनहरु, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरु समेत राखिने छ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासगं प्रत्यक्ष अन्तरक्रिया गराउने सक्ष्य समेत रहेको छ।
मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् । विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराईने छ ।
मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ।
प्रतिक्रिया