काठमाडौं- बाढीले क्षतिग्रस्त तामाकोशी– मिल्टि सडक अन्तर्गत खिम्ती– किर्नेटार सडक खण्डको ठेक्का आह्वान भएको छ । सडक डिभिजन खाल्टे सिन्धुलीले मंगलबार एक सूचना जारी गर्दै ठेक्का आह्वान गरेको हो ।
गत असोजको दोस्रो साता आएको बाढीले यो खण्ड करिब १ किलोमिटर सडकमा क्षति पुगेको थियो । उक्त खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान भएको मितिले ३० दिनभित्र आवेदन दिनुपर्ने सडक डिभिजनले जानकारी दिएको छ । साथै उक्त खण्ड निर्माणका लागि ठेक्का सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
उक्त सडक पुनर्निर्माणका लागि सरकारले २५ करोड ३० लाख रुपैयाँ बजेट स्रोत सुनिश्चितता गरेको छ ।
प्रतिक्रिया