काठमाडौं– बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ । बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने उद्देश्यमा प्रतिबद्ध रहँदै कम्पनीले यो अभियान सुरु गरेको हो ।
सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफर अन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरुले निम्न विशेष सुविधा दिनेछः
यो विशेष ०–५–१० अभियान आगामी २०८१ बैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुनेछ ।
अभियान घोषणा बारेमा बोल्दै साइमेक्स इंक प्रालिका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशक सम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौं । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो । हामीप्रति ग्राहकले गर्नुभएको लगातारको विश्वासका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हरित भविष्यका लागि साथै अगाडि बढ्ने
आशा गर्दछौ ।’
अफरको बारेमा जानकारी लिनका लागि ग्राहकले कुनै पनि आधिकारिक बीवाईडी शोरुम वा नेपालभर चलिरहेका डिस्प्ले इभेन्टको भ्रमण गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया