आईपीएल क्रिकेटमा आज हैदराबाद र मुम्बई खेल्दै

बुधबार, १० बैशाख २०८२, १२ : ४६

काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे हैदराबादमा शुरू हुने छ ।

हैदराबाद ७ खेलमा ४ अंकसहित तालिकाको नवौं स्थानमा छ । मुम्बई ८ खेलमा ८ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच कुल २४ खेल भएकोमा मुम्बईले १४ र हैदराबादले १० खेल जितेको छ ।

 
 
बुधबार, १० बैशाख २०८२, १२ : ४६

प्रतिक्रिया