काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सपरिवार आइतबार बैंकक पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमा बेचैनी बढेको छ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चलिरहेको बेलामा देउवा एक्कासी बैंकक पुगेपछि ओलीमा छटपटाहट बढेको हो ।
उनको थाइल्याण्ड भ्रमण स्वास्थ्य उपचारका लागि भएको बताइए पनि छिमकी देशका राजनीतिक नेताहरुसँग भेटवार्ता हुनसक्ने आशंका राजनीतिक वृत्तमा व्याप्त छ । त्यसले नेपालको सत्ता राजनीतिमा प्रभाव पार्ने आँकलन गरिएको छ ।
यसको स्वतन्त्र पुष्टि भने हुन नसके पनि राष्ट्रिय राजनीतिमा आएको उतारचढावले देउवाको बैंकक भ्रमणलाई पारिवारिक रुपमा मात्रै लिन नसकिने जानकारहरु बताउँछन् ।
प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकार यस वर्षभित्र ढल्ने दाबी गरेका थिए । उनले दाबी गरेजस्तै सत्तारुढ कांग्रेस एमालेभित्र पनि तिक्तता बढेको नेताहरुका अभिव्यक्तिबाटै सहजै बुझ्न सकिन्छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा थाइल्याण्डको बैंकक जाँदा पनि सरकार ढल्ने हल्लासँग जोड्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुममै बिचौलीय सहजै प्रवेश गर्ने गरेको गम्भीर आरोप लगाएका थिए । उनले सरकारको गति सन्तोषजनक नभएको बारम्बार बताउँदै आएका छन् ।
दुई ठूला दलबीच सत्ता सहकार्य भएको करिब ९ महिनाको अवधिम दरार उत्पन्न हुने आरोप प्रत्यारोप चल्न थालेपछि ओली सरकार संकटमा परेको आँकलन गरिएको छ । अहिले चौतर्फी सरकार विरुद्ध घेराबन्दी समेत भएको छ ।
राजावादीदेखि विभिन्न पेशाकर्मी सरकार विरुद्ध आन्दोलित भएका छन् । ओली सरकारका लागि आन्तरिक पक्ष निकै प्रतिकूल देखिन्छ भने बाह्य पक्ष पनि अनुकूल नभएको भूराजनीतिका जानकारहरु बताउँछन् ।
सरकार बनेको यति लामाृे समय बित्दा पनि छिमेकी मुलुक भारतले भ्रमणको निम्तो दिएको छैन । भारत भ्रमणका लागि गरिएका अनेक प्रयत्न ब्यर्थ सावित भएका छन् ।
यही परिवेशमा देउवा परिवारसहित बैंकक लागेपछि ओली नयाँ समीकरण बनाएर आफूलाई विस्थापित गर्ने हुन् कि भनेर भयभीत भएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया