एसयूभी ‘नामी ०६’ सार्वजनिक, २०२५ भित्रै नेपाल आउने

बुधबार, १० बैशाख २०८२, १५ : ५०

काठमाडौं- चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङको इलेक्ट्रीक ब्राण्ड नामीले नयाँ कम्प्याक्ट एसयूभी ‘नामी ०६’ सर्वाजनिक गरेको छ ।कम्पनीले चीनमा सुरू भएको सांघाई अटो शो २०२५ मा नामी ०६ सार्वजनिक गरेको हो ।

नामी ०६ डोङफेङको क्वान्टम इलेक्ट्रीक आर्किटेक्चर नं ३ प्लेटफर्ममा बनेको हो । यो ईभी चिनियाँ बजारमा सन् २०२५ कै दोस्रो त्रैमास भित्रै बिक्री सुरू हुनेछ । डोङफेङले नामी ०६ एकैपटक लेफ्ट ह्याण्ड र राइट ह्याण्ड ड्राइभमा लन्च गर्नेछ ।

यो ईभी सन् २०२५ भित्रै नेपालमा आउने पनि पक्का भईसकेको छ । नेपालका लागि डोङफेङको नामी ब्राण्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नामी ०६ आगामी भदौमा आयोजना हुने नाडा अटो शोमा शोकेश गर्नेछ ।

नामी ०६ एसयूभीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम, उचाइ १६४५ एमएम तथा २७१५ एमएमको ह्वीलबेस रहेको छ । यसको क्याबिनमा ठूलो साइजको फ्लोटिङ सेन्टर स्क्रीन, स्लिम डिजीटल क्लस्टर, ड्युल स्पोक स्टेरिङ ह्वील, कोलुम माउण्टेड गियर सेलेक्टर जस्ता फिचर छन् । यो ईभीमा पानारोमिक सनरुफ, ५० वाटको वायरलेस चार्जर, १२८ कलरको एम्बियन्ट लाइट तथा फ्रन्ट सेन्टर आर्मरेस्टमा हिडन कप होल्डर दिएको छ ।

डोङफेङको नामी ०६ को अप्रोच र डिपार्चर एंगल २३ र ३० डिग्रीको रहेको छ ।

बुधबार, १० बैशाख २०८२, १५ : ५०

प्रतिक्रिया