काठमाडौं- संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा.रिया बोहरा सन् २०२५ को American College of Physicians (ACP) द्वारा आयोजित Doctor’s Dilemma प्रतियोगितामा विजयी भएका तीन सदस्यीय टोलीमा महत्वपूर्ण भूमिका निभाउँदै प्रतिष्ठित एसीपी ओसलर कप (Osler Cup Award- 2025) जित्ने पहिलो नेपाली बन्न सफल भएकी छन्।
न्यू अर्लेन्स, लुइजियानामा आयोजित यस प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकालगायतका देशहरूबाट आएका ६० उत्कृष्ट Internal Medicine (IM) रेसिडेन्ट टोलीहरूले भाग लिएका थिए। तीन दिनसम्म चलेको कार्यक्रममा सहभागीहरूले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित विभिन्न चुनौतीहरूमा प्रतिस्पर्धा गरेका थिए।
डा.बोहराले American College of Massachusetts Chapter तथा Saint Vincent Hospital लाई प्रतिनिधित्व गरेकी थिइन्। उनी सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले आफ्ना संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाएको छ र विश्वका प्रमुख क्लिनिकल शिक्षा संस्थाहरूमध्ये एकका रूपमा स्थापित गराएको छ।
प्रतिक्रिया