काठमाडौं- नेपाली आतिथ्य उद्योगमा नेतृत्व विकासको दिशामा ऐतिहासिक कदम चाल्दै रामदा एन्कोर काठमाडौं र अमेरिका मुख्यालय भएको अन्तर्राष्ट्रिय नेतृत्व विकास संस्था इम्प्याक्ट येसबीच औपचारिक सहकार्य भएको छ।
उच्चस्तरीय सेवा अनुभव, कर्मचारी सशक्तीकरण र अन्तर्राष्ट्रिय स्तरको नेतृत्व मापदण्ड स्थापनालाई केन्द्रमा राखेर गरिएको उक्त सहकार्यले नेपाली हस्पिटालिटी क्षेत्रलाई दीर्घकालीन परिवर्तनतर्फ अग्रसर गराउने विश्वास लिइएको छ ।
सम्झौताअनुसार, इम्प्याक्ट येसले मनोविज्ञानमा आधारित व्यवहारिक तालिम, नेतृत्व सक्षमता विकास र अतिथि–केन्द्रित कार्यशैलीका अन्तर्राष्ट्रिय विधिहरू रामदा एन्कोर काठमाडौंमा कार्यान्वयनमा ल्याउनेछ ।
इम्प्याक्ट येसले श्रीलंका र संयुक्त अरब इमिरेट्सतर्फ विस्तारको योजना बनाएको छ र नेपालमा प्रयोगमा ल्याइने नेतृत्व कार्यक्रमहरू एक अद्वितीय व्यवहारिक मूल्यांकन विधि र नेतृत्व, उद्यमशीलता, मार्केटिङमा आधारित रहनेछन्।
अमेरिकामा मुख्यालय रहेको इम्प्याक्ट येस एक अन्तर्राष्ट्रिय नेतृत्व विकास संस्था हो, जसले आतिथ्य उद्योगमा प्रदर्शन अभिवृद्धिका लागि मनोवैज्ञानिक विशेषज्ञता, कृत्रिम बुद्धिमत्ता, न्यूरोसाइन्स, र सकारात्मक मनोविज्ञानको संयोजन प्रयोग गर्छ। यसको उद्देश्य नव केन्द्रित नेतृत्व सशक्तीकरणद्वारा व्यवहारिक रूपान्तरण ल्याउनु रहेको छ ।
यस्तै, विन्डहम समूह अन्तर्गत सञ्चालित रामदा एन्कोर काठमाडौं आधुनिकता र सेवा उत्कृष्टताको समायोजन हो। होटलमा रूफटप पूल, स्पा, फिटनेस सेन्टर, विविध रेस्टुरेन्ट विकल्पहरू, र बहुउद्देश्यीय कार्यक्रमस्थलहरू उपलब्ध छन्।
प्रतिक्रिया