प्रमोद भट्टराईको शब्द रचनामा नयाँ गीत ‘कहीँ कतै हराएँ भने’ सार्वजनिक (भिडियो)

विहीबार, ११ बैशाख २०८२, १० : ४४

काठमाडौं- गीतकार प्रमोद भट्टराई “प्रतीक”को शब्द रचना तथा बबिना भट्टराईको स्वर तथा संगीत रहेको यहि भावको प्रेमिल गीत “कहीँ कतै हराएँ भने” को भिडियो सार्वजनिक भएको छ । गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्व तथा गीतकार संघ नेपालका पूर्व अध्यक्ष, वरिष्ठ गीतकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहबीच गीतको भिडियो लोकार्पण भएको हो।

जीवन शाहीको परिकल्पना तथा निर्देशनमा निर्माण भएको गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई नायिकाको भूमिकामा रहेकी छिन् भने उनलाई नायकको भूमिकामा यशराजले साथ दिएका छन् । समिर राईको व्यवस्थापन तथा संयोजन, अर्जुन खड्काको क्यामरा, सम्पादन र कलर, स्सर्मिला सुनुवारको श्रृङ्गार, मेला रेकर्डिङ स्टुडियो प्रा।लि। पुतलीसडकको सम्पूर्ण संयोजनमा निर्माण भएको भिडियो गीतकार प्रमोद भट्टराई “प्रतीक”को आफ्‌नै युट्व च्यानल ‘प्रतिक क्रियशन’ मार्फत सार्वजनिक भएको छ । ‘गीत कहि कतै हराए भने’ को एरेन्ज बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन् भने म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गीत गरेका छन् । गीतमा मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।

आफ्‌ना गीत, गजल, भजनहरुमा दर्जनौ स्टुडियो भर्सन र लिप्सिङ भिडियोमा फिचर्ड भएकी गायिका तथा संगीतकार बबिना भट्टराई कथाबस्तुमा आधारित भिडियोमा पहिलो पटक देखिएकी छिन् । भिडियोमा उनलाई मिल्दोजुल्दो कथा बस्नु बुनिएको गीतकार प्रमोद भट्टराई “प्रतीक” बताउँछन् । भिडियोका परिकल्पनाकार तथा निर्देशक जीवन शाहीले गीतको भाव अनि गायिका तथा संगीतकार बबिना भट्टराईलाई नै आधार बनाएर भिडियो तयार भएको बताउँछन् ।

भिडियोको कथामा एकतर्फी प्रेमको भाव रहेको छ । गीतकार प्रमोद भट्टराई “प्रतीक” ले केहि समयको अन्तरालमा गीतको दोश्रो भाग आउन सक्ने बताएका छन् ।

विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले श्रष्टा र सृजनाका बारेमा मन्तव्यको क्रममा श्रष्टा गीतकार प्रमोद भट्टराई “प्रतीक” गायिका, संगीतकार तथा भिडियो कि नायिका बबिना भट्टराईले नेपाली गीत संगीतको क्षेत्रमा दिएका योगदान गरे चर्चा गर्दै गीत कहिँ कतै हराए भने को शब्द, स्वर, संगीत र भिडियो भाव र मर्मलाई प्रकाश पारे । उनले गीतभित्र मायाप्रेम, राष्ट्रियभाव हो कि भन्ने आभास दिलाएको बताए । गीतकार भट्टराईले गीतमा नयाँ प्रयोग भएको बताउँदै सङ्गीत र गायन पनि अब्बल भएको बताए । गायिका बबिना भट्टराईको गायन, संगीत र भिडियोमा अभिनयको चर्चा गर्दै सङ्गीतकार श्रेष्ठले “कहीँ कतै हराएँ भने” गीतले सबैको मन छुने विश्वास व्यक्त गरे ।

आफ्‌नो संक्षिप्त मन्तव्यको क्रममा सङ्गीतकार तथा गायिका बबिना भट्टराईले आफूले गरेको मेहनतलाई सबैले माया गरिदिनेमा विश्वस्त भएको बताइन् । गीतकार प्रमोद भट्टराई “प्रतीक”का को शब्दमा सहकार्य गर्न पाउनुलाई खुसीको क्षणको रुपमा लिएको बताउँदै उनले कथाबस्तुमा आधारित आफ्‌नो पहिलो अभिनय रहेको ‘गीत कहि कतै हराए भने’ दर्शक, श्रोताको माया पाउन सफल हुने विश्वास व्यक्त गरिन् ।

त्यसैगरी सङ्का पूर्व अध्यक्ष शुभ मुकारुङले शुभकामना मन्तव्य दिँदै “कहीँ कतै हराएँ भने” श्रव्य दृश्य राम्रो बनेकोमा सबै बधाईको पात्र भएको बताए ।

कार्यक्रममा गीतकार प्रमोद भट्टराई “प्रतीक” आफ्‌ना गीतका बारेमा बोल्दै अवकाश प्राप्त समयलाई साहित्यको क्षेत्रमा लगाउन पाएकोमा खुशी मिलेको बताए । कविता, मुक्तक, गजल विधामा रुचि भए पनि गीतिलेखनमा अझै सक्रियता भएको र गीत रेकर्ड भए पछि “कहीँ कतै हराएँ भने” गीतको भाव हराउला कि भनेर भिडियो निर्माण गरेको अनुभव सुनाउदै सबैको साथ र सहयोगले गीतले सफलता पाउनेमा विश्वास लिएको बताए ।

कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ गीतकार एवं गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणि देवकोटाले शुभकामना दिँदै गीत राम्रो बनेको बताए । “कहीँ कतै हराएँ भने” गीतले सबैको मन जित्ने बताउँदै गीतकार प्रमोद भट्टराई अब्बल साहित्यकार भएको उनले बताए । शब्द सङ्गीत मैत्री हुनुपर्ने बताउँदै “कहीँ कतै हराएँ भने” भित्रका सिर्जनाले सफलता पाउन् भन्ने उनले शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई समापन गर्दै गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले उपस्थित सबैलाई धन्यवाद दिँदै गीतकार प्रमोद भट्टराईको सिर्जना अब्बल रहेको बताए । गीतकार भट्टराईका सिर्जना सार्वजनिक गर्दा हरेक समय साक्षी बन्न पाएकोमा खुशी व्यक्त गरे । अध्यक्ष थापाले आफ्ना सदस्यहरुलाई उर्जा दिन सङ्घ सदैव क्रियाशील रहेको बताउँदै राज्यलाई बौद्धिक र प्रतिलिपी अधिकारका विषयमा आवाज उठाउँदै आएको बताए । कार्यक्रमको सहजीकरण गीतकार संघ नेपालका आजीवन सदस्य तथा सञ्चारकर्मी हरिराम पौडेलले गरेका थिए ।

 

विहीबार, ११ बैशाख २०८२, १० : ४४

प्रतिक्रिया