सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, ११ बैशाख २०८२, ११ : ०७

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा १९ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा २ हजार १० रुपैयाँ कायम भएको हो । 

विहीबार, ११ बैशाख २०८२, ११ : ०७

प्रतिक्रिया