काठमाडौं– चिनियाँ ब्रान्ड म्याक्ससका दुई ईभी मोडल ईटेरोन पिकअप र मिफा एमपीभी हिमालय मोट्रक्सले बिक्री वितरण गर्ने भएको छ ।म्याक्सस मिफा र अन्य केही मोडल भित्राएको पारामाउन्ट मोटर्सले भने अब यो ब्रान्डको कारोबार भने नगर्ने बताएको छ ।
हिमालय मोट्रक्सले बिक्री गर्ने दुई मोडलको बिक्री मूल्य समेत सार्वजनिक भएको छ । म्याक्सस ईटेरानो पिकअपको मूल्य ९९ लाख ९० हजार र मिफा एमपीभएको मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । केही समयका तोकिएको यो मूल्य पछि बढाउने बताइएको छ ।
पाँच जना बस्न मिल्ने म्याक्सस ईटेरानो पिकअपमा हिटेड सिट समेत भएकाले लामो यात्राका लागि समेत उपयोगी छ । फोर ह्विल ड्राइभमा उपलब्ध सो पिकअपमा १०२ किलोवाट आवरको ब्याट्री रहेको छ, जसलाई ४२ मिनेटमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
१९० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिने सो पिकअपले सिंगल चार्जमा ५६० किलोमिटर (एनईडीसी) रेन्ज दिने बताइएको छ । यसको फ्रन्टमा १२५ र रियरमा २०० किलोवाटको मोटर छ । २३० एमएम ग्राउन्ड क्लियरेन्स भएको ईटेरानो पिकअपमा सेफ्टीका लागि समेत ३६० डिग्री क्यामेरा, रियर र फ्रन्ट पार्किङ सेन्सर, एसीसी, आईसीए, लेन किप असिस्ट, इन्टेलिजेन्ट स्पिड लिमिट असिस्टेन्स लगायतका विभिन्न फिचर छन् ।
त्यसैगरी म्याक्सस मिफामा भएको ९० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ६३५ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने बताइएको छ । यसमा १८० किलोवाटको मोटर छ । दुवै गाडीमा कम्पनीले पुरै गाडीमा ५ वर्ष वा १ लाख किलोमिटर र ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध गराउने बताएको छ ।
हिमालय मोट्रक्स नाडाका पूर्व अध्यक्ष ध्रुव थापाले सञ्चालन गरेको कम्पनी हो । हिमालय अर्गनाइजेसन अन्तर्गतको सो कम्पनीले फोर्स गाडीको कारोबार गर्नुका साथै दिपलको पोखराका लागि समेत डिलरको रुपमा कार्य गरिरहेको छ ।
प्रतिक्रिया