काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले बाँकी रहेको हकप्रद सेयर भोलि वैशाख १२ गतेदेखि लिलामीमार्फत बिक्रीमा राख्ने भएको छ। कम्पनीले कुल २ लाख २५ हजार २६१ दशमलव ३५ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा ल्याउन लागेको हो ।
जसमध्ये संस्थापक समूहका ४३७७९.५२ कित्ता र सर्वसाधारण समूहका १८१४८१.८३ कित्ता सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । यस लिलामीमा भाग लिन चाहने लगानीकर्ताले न्यूनतम दर १०० रुपैयाँ तोकेर प्रतिस्पर्धात्मक बोलकबोल पेस गर्नुपर्नेछ ।
संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सकिनेछ भने सर्वसाधारण समूहतर्फका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध सेयरका लागि आवेदन दिन सकिनेछ ।
यो सेयरमा आवेदन दिने अन्तिम म्याद वैशाख २१ गतेसम्म तोकिएको छ ।
लिलामी प्रक्रिया सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ । लगानीकर्ताहरूले सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौं र विराटनगरबाट आवेदन दिन सक्नेछन् । साथै, नेको इन्स्योरेन्सका झापा, पर्सा, धनुषा, चितवन, मकवानपुर, कास्की लगायतका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया