शिक्षकहरूले गरे सडक आन्दोलनमै रक्तदान

विहीबार, ११ बैशाख २०८२, १३ : ५०

काठमाडौं- आन्दोलनरत शिक्षकहरूले सडकमै रक्तदान गरेका छन् । माइतीघर–नयाँबानेश्वर सडक खण्डमा विगत २३ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले रक्तदान गरेका हुन् ।

दिनहुँ नाराबाजी, नाचगान गरेर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकमै रक्तदान गरेका हुन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलन ऐन जारी नहुँदासम्म नरोकिने अडान राख्दै आएका छन् ।

उनीहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन । आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्याइएको छ । त्यस्तै एसइईको उत्तर पुस्तिका समेत परीक्षण सुरु हुन सकेको छैन ।

विहीबार, ११ बैशाख २०८२, १३ : ५०

प्रतिक्रिया