काठमाडौं– नेपाली बजारमा केही समयभित्रै अर्को नयाँ विद्यूतीय एसयूभी लन्च हुने भएको छ ।
लक्ष्मी ग्रुपअन्तर्गत लक्ष्मी हुन्डाईका बजार प्रमुख दिपेश शाक्यले चिनियाँ अटो उत्पादनक डोङफेङको ‘फरथिङ फ्राइडे’ एसयूभीलाई दुई हप्ता औपचारिक लन्च गर्न लागेको बताए ।
यो एसयुभी लक्जरी र एक्सक्लुसिभ भेरिएन्टमा उपलब्ध हुनेछ भने मूल्य ५६ लाख ९६ हजार र ६२ लाख ९६ हजार रुपैयाँ पर्ने बताइएको छ।
६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।
फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ ।
सुरक्षाका लागि यसमा एडास फिचर सहित ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट÷रियर पार्किङ राडार, एडाप्टीभ क्रुज कन्ट्रोल अपहिल÷डाउनहिल असिस्ट लागयत विशेषता पाउन सकिन्छ ।
प्रतिक्रिया