काठमाडौं- रोयल इनफिल्डको मोटरसाइकल हन्टर ३५० अपडेट भएर आउने भएको छ । लन्च भएको ३ वर्षपछि यो मोटरसाइकल नयाँ स्वरुपमा आउन लागेको हो ।
हन्टर ३५० को २०२५ संस्करणमा नयाँ सस्पेन्सन सेटअपको साथ नयाँ कलर स्किम समेत पाइने जनाइएको छ । हाल यो आठ फरक कलर अप्सनमा उपलब्ध हुनेछ ।
अप्रिल २६ मा यो मोटरसाइल औपचारिक लन्च हुने बताइएको छ ।
यो मोटरसाइकल ३४९ सिसी, सिंगल–सिलिन्डर इन्जिनद्वारा संचालित हुनेछ, जसले ६,१०० आरपीएममा २०।२ बीएचपी र ४,००० आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन ५–स्पीड ट्रान्समिसनसँग जोडिएको छ ।
भारतमा लन्च भएपछि यसको नयाँ संस्करण नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।
प्रतिक्रिया