काठमाडौं- दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल ईभी खरिद गर्ने ग्राहकका लागि आकर्षक अफरहरुसहितको ‘अनमिसेबल प्रि–बजेट स्किम’ नामक अफर ल्याएको छ ।
‘अनमिसेबल प्रि–बजेट स्किम’ अन्तर्गत ग्राहकहरुले अहिलेसम्मकै उच्च नगद छुट, पुरानो गाडीमा एक्सचेञ्ज बोनस, निशुल्क रोड ट्याक्स, कम्प्रिहेन्सिभ बिमा र चार्जर जस्ता विशेष सुविधाहरु पाउनेछन्।
अफर अन्तर्गत ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरमा दिपल इभी खरिद गर्न सक्नेछन्। साथै ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि निःशुल्क प्रदान गरिनेछ। यो अफर बैशाख १० गतेदेखि सुरु भई ४५ दिनसम्म लागू हुनेछ।
नेपालमा सार्वजनिक भएको एक वर्षमै आठ सयभन्दा बढी युनिट विक्री गर्दै दिपल इभी नेपालकै नं १ लक्जरी ईभी ब्रान्ड बनेको छ।
एमएब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया