एमालेमा लाग्दा भड्काउने प्रयास भयोः सुनिता डंगोल

विहीबार, ११ बैशाख २०८२, १६ : ४०

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आफू एमालेमा लाग्दा भड्काउने प्रयास भएको बताएकी छन् । 

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको  ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा बोल्दै डंगोलले यस्तो बताएकी हुन् । 

‘उमेरले मात्र युवा हुँदोरहेनछ । हामी निरन्तर अध्ययनशील हुन्छौ र सत्यका पछि उभिइरहनेछौ’, उनले भनिन्, ‘जब म नेकपा एमालेमा आबद्ध हुने निर्णय गरेँ धेरैले मलाई निरुत्साहित पनि गर्नुभयो र यो पार्टीमा युवाको ठाउँ छैन । जीवन बिगार्‍यौ ।’

उनले बेकारमा पार्टीमा गएर जीवन बिगारेको र भ्रम छर्दै भड्काउने प्रयास भएको बताइन् । जवाफमा उनले इतिहास बुझेको र अध्ययन गरेको भन्दै एमालेले सरकारमा गएका बेला राष्ट्र विकास गरेको भन्दै आफू एमालेमै लाग्ने निर्णय गरेको बताइन् । 

साथै उनले मेयर बालेन शाहप्रति लक्षित गर्दै एमालेले कसैको घर जलाउन नसिकाउने बताइन् ।

‘एमालेले कसैको घर जलाउन सिकाउँदैन । लुटपाट गर्न युवा प्रयोग गर्दैन र राष्ट्रको काम गर्न प्रेरित गरिरहन्छ’, उनले भनिन्,  ‘सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन ।’

विहीबार, ११ बैशाख २०८२, १६ : ४०

प्रतिक्रिया