शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

विहीबार, ११ बैशाख २०८२, १६ : ५२

काठमाडौं- नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई नयाँ शिक्षामन्त्री नियुक्त गरेका हुन् । पन्त समानुपातिकतर्फका सांसद हुन् ।

विहीबार, ११ बैशाख २०८२, १६ : ५२

प्रतिक्रिया