काठमाडौं- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टी सरकारमा जान पर्ने अवस्था आउन सक्ने बताएका छन्।
उनले सरकार विचौलियाले बनाएको पुष्टि भइसकेको बताउँदै तिनै विचौलियाहरूको स्वार्थ नमिल्दा राष्ट्र बैंकले अहिलेसम्म गभर्नर पाउन नसकेको बताए।
बिहीबार सिन्धुपाल्चोकको चौतारामा पार्टीनिकट वाइसिएल नेपालको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले ०८४ सम्म सरकारमा नजाने अडान रहे पनि व्यवस्थामाथि नै प्रश्न उठेकाले त्यसलाई जोगाउन सरकारमा जानुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।
‘हामीले २०८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ। त्यतिबेला २०८४ पर्खेर बस्ने भन्ने हुँदैन’, उनले भने।
पुनले ओली नेतृत्वको वर्तमान सरकार असफल भइसकेको बताए।‘अब ढल्न मात्रै बाँकी हो’, उनले भने,‘बिचौलियाहरूअहिले राष्ट्र बैक कब्जा गर्न अर्बको डिल गरिरहेका छन्, अहिलेसम्म गभर्नर नबन्नुको कारण यही हो’
प्रतिक्रिया