काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन यही वैशाख १६ १७ र १८ गते काठमाडौँमा हुने भएको छ ।
‘भ्रष्टाचार र कुशासनका विरुद्ध युवा आन्दोलन, सुशासन र समृद्धिका पक्षमा प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ सम्मेलन हुन लागेको आयोजकले जानकारी दिएको छ । माइतीघर मण्डलामा सम्मेलनको उद्घाटनसत्र सम्पन्न हुनेछ भने इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्मेलनको बन्दसत्र समापन हुनेछ ।
यसपालि सम्पन्न हुने सम्मेलनले संगठनको नीति निर्माण गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्ने संयोजक हरिष भट्टले जानकारी दिए । क्रान्तिकारी युवा संगठन विगत लामो समयदेखि भ्रष्टाचार विरोधी आन्दोलनमा सकृय रहेको छ ।
प्रतिक्रिया