आज महाभूकम्प गएको दिनमै फेरि भूकम्पको धक्का

शुक्रबार, १२ बैशाख २०८२, १२ : ४७

काठमाडौं- गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको १० वर्षपछि उहि समयमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते पनि ११ बजेर ५६ मिनेटमा महाभूकम्प गएको थियो । २०७२ मा गएको विनाशकारी भूकम्प यस शताब्दीकै महाविपत्ती हो ।

शुक्रबार, १२ बैशाख २०८२, १२ : ४७

प्रतिक्रिया