काठमाडौं – शिक्षकहरूले आज पनि माइतीघर–बबरमहल सडकमा प्रदर्शन गरिरहेका छन् ।
विहीबार सर्वोच्च अदालतले तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन सरकारलाई आदेश दिए पनि विद्यालय कहिलेदेखि खुल्छ भन्ने अन्योल कायमै छ । आन्दोलन आयोजना गरेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले प्रतिनिधिसभाबाट ऐन पारित भएको भोलिपल्ट मात्रै विद्यालय खोल्ने बताए ।
नयाँ शैक्षिक सत्रसँगै निजी विद्यालयहरूमा चहलपहल हुन थाले पनि सामुदायिक विद्यालयहरूमा भर्ना प्रक्रिया नै शुरू हुन सकेको छैन । भर्ना गर्नुपर्ने समयमै सामुदायिक विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयका विद्यार्थीहरू निजीमा जाने क्रम बढेको छ ।
प्रतिक्रिया