सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा

शुक्रबार, १२ बैशाख २०८२, १४ : १६

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबिच कुनै विवाद नरहेको बताएका छन् । थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् ।

सत्ता गठबन्धनबिच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो केहि नरहेको उनले बताए । सत्ता समीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ ।  सभापति देउवा स–परिवार थाइल्यान्ड भ्रमणमा गएका थिए । 

 
शुक्रबार, १२ बैशाख २०८२, १४ : १६

प्रतिक्रिया