काठमाडौैं– शिक्षकको माग तत्काल सम्बोधन गर्न नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागले शिक्षकहरुको मागलाई लिएर शुक्रबार काँग्रेसका केन्द्रीय सदस्य तथा विभागीय प्रमुख अब्दुल सत्तारको नेतृत्वमा गएको टोलीले खड्कालाई ध्यानाकर्षण पत्र उहाँकै निवास हात्तीगौडामा बुझाएको हो ।
शिक्षकको माग सम्बोधन गर्न शुभेच्छुक विभाग अन्गर्तका संस्थाहरुको संयुक्त हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक खड्काले शिक्षकहरुको आन्दोलनले विद्यार्थीहरुको भविष्य अन्योल पारेको हुँदा शिक्षकको मागलाई यथासिघ्र समाधानको लागि सरकारसँग पहल गर्ने बताउँदै शिक्षकको जायज मागका विषयमा पार्टी संवेदनशिल रहेको बताए ।
प्रतिक्रिया