सरकारसँगको वार्ता भाँडियो, मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू

शुक्रबार, १२ बैशाख २०८२, १६ : २७

काठमाडौं– नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश  आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए । 

उनले नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिने प्रयोजनका लागि मात्रै आफूहरू सिंहदरबार गएको पनि दाबी गरे ।

उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको पनि बताए ।

 
 
 
शुक्रबार, १२ बैशाख २०८२, १६ : २७

प्रतिक्रिया