इटा उद्योगद्वारा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण

शनिबार, १३ बैशाख २०८२, ०९ : ४४

काठमाडौं- नेपाल इटा उद्योग महासंघ स्थापनाको १९ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर इटा उद्योग व्यवसायी संघले शुक्रबार जिल्लाका चार वटा अस्पतालहरू तथा एउटा आदर निकेट (वृद्धाश्रम)का बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको छ ।

जिल्लास्थित भक्तपुर अस्पताल, सूर्य विनायक अस्पताल, चाँगुनारायण अस्पताल र ख्वप अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल तथा हर्लिक्स वितरण गरेको हो ।

साथै भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहस्थित भक्तपुर आदर निकेतनका गरी करिव एक सय ७५ जना जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको आयोजक संघका अध्यक्ष नातिभाइ ह्योम्वाले बताए ।

शनिबार, १३ बैशाख २०८२, ०९ : ४४

प्रतिक्रिया