काठमाडौं- बनेपा स्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षीण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पिटालिटीले गर्ने भएको छ । लस्ट होराइजनजंगल रिसोर्ट लिको साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्ततिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो ।
समुद्री सतहबाट ५००० फिटको उचाईमा रहेको बनेपा नेपालको पुरानो शहर हो । २५ एकड जमिनमा फैलिएको यो रिसोर्टबाट मौसम सफाभएको बेलामा सगरमाथा लगायत अन्य हिमालहरु र मनोरम पहाडहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।
काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर गु्रपकै प्रवन्ध निर्देशक सौभाग्य महोपत्राले नेपाल दक्षीण एरियाको विलासी पर्यटकिय गन्तब्यको रुपमा अघि बढिरहेको बताउँदै भने, ‘ग्राहकहरु जहिल्यै नयाँ नयाँ रोमान्चित गन्तब्यहरुको खोजीमा रहन्छन् । हाम्रो सोच अनुसार अत्यन्तै राम्रो नयाँ गन्तब्य हाम्रा उच्च स्तरीय ग्राहकहरुलाई पस्कन पाउँदा ज्यादै हर्षित बनाएको छ । ’
आरन्य नेचर रिसोर्ट प्रकृति र नेपाललाई नजिकबाट अनुभवगर्न सकिने रिसोर्ट हो । लस्ट होराइजन जंगल रिसोर्टका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफेर कोर सँग साझेदारी गर्नु स्वाभाविक भएको र यहाँको आतिथ्यताको दुष्टिकोण, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ग्राहक सेवा र लामो अनुभवले आरन्य रिसोर्ट संचालन गर्ने परिकल्पना गरे अनुसार नै मिलेको कुरा बताए ।
उनले भने, ‘हाम्रो रिसोर्ट नमोबुद्ध, बनेपामा रहेको थ्रान्गु ताशी याङ्त्से गुम्बानजिकै रहेकोले एउटा मनोमोहक गन्तब्यको रुपमा इतिहास,अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिन्छ । यस रिसोर्टबाट मनोमहक दृष्य हेर्न मिल्ने ठूला ठूला झयाल सहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीटस्हरु हुनेछन् । आकर्षक स्वीमिङ्गपुलको सुविधाले हरेक किसिमका आगन्तुकहरुलाई लोभ्याउने छ भने बालबालिकाहरुका लागि छुट्टै किड्स क्लब पनि हुनेछ ।
प्रतिक्रिया