एमाले संसदीय दलको बैठक बस्दै

शनिबार, १३ बैशाख २०८२, १० : ४६

काठमाडौं- नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकमा शुक्रवारबाट सुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुने र अधिवेशनलाई कसरी सफल बनाउने भन्नेबारे छलफल हुने प्रमुख सचेतक बर्तौलाको भनाई छ।

बैठकमा शिक्षक आन्दोलनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ।

शनिबार, १३ बैशाख २०८२, १० : ४६

प्रतिक्रिया