काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १ः१ अनुपातमा जारी गरेको हकप्रद सेयरमा यसअघि आवेदन दिन छुट भएका सेयरधनीले भोलि वैशाख १४ गतेसम्म पुनः आवेदन दिन सक्ने छन् । कम्पनीले वैशाख १२ गतेबाट पुनः हकप्रद सेयर बिक्री खुला गरेको हो।
हकप्रद सेयर छुट भएका सेयरधनीले वैशाख १४ गते आइतबार बैंकिङ समयभित्र आवेदन दिने व्यवस्था कम्पनलीले गरेको हो।
यसमा फागुन १४ गतेसम्म कायम लगानीकर्ताले मात्र पुनः आवेदन दिन सक्नेछन्, किनभने कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ।
यसअघि कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। यस हकप्रद सेयरको बिक्री व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गरेको हो।
पुनः बिक्री खुला भएको हकप्रद सेयरमा सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरू तथा मेरोसेयरमार्फत र आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। पुनः बिक्री खुला गरिएको हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ।
पुनः बिक्री खुला प्रक्रिया अन्तर्गत छुटेका सेयरधनीलाई कम्पनीले दिएको समयसीमा वैशाख १४ गते आइतबार बैंकिङ समयसम्म सीमित रहेकोले, इच्छुक लगानीकर्ताले समयमै आवेदन दिन कम्पनीले आग्रह गरेको छ।
प्रतिक्रिया