काठमाडौं- यस साता नेप्से परिसूचक ६४.७१अंकले घटेर २६५८.०२ विन्दुमा पुगेको छ। गत साता २७२२.७३ विन्दुमा बन्द भएको नेप्से यो साता ६४.७१ अंकले बढेर २६५८.०२ विन्दु पुगेको हो ।
पाँचैदिन कारोबार खुलेको यस साता सुरुवाती चार दिन घटेको नेप्से परिसूचक अन्तिम कारोबार दिन भने बढेर बन्द भएको थियो ।
यस साता दैनिक औसतमा ८ अर्ब बराबरको कारोबार भएको छ । आइतबार ८अर्ब ४३ करोड ३५ लाख ८९ हजार, सोमबार ८ आठ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै, मंगलबार ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार, बुधबार ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार र बिहीबार ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
साताको पहिलो कारोबार दिन नेप्से १६.६८ अंकले घटेर २७०६.४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार ९ सय ६७ कित्ता सेयर किनबेच हुँदा ८अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७ सय ८५ रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ७.७५ अंकले घटेर २६९८.२८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर किनबेच हुँदा ८ आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुइ सय ९३ रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ९.९६ अंकले घटेर २६८८.३२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता सेयर किनबेच ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से ३२.३८ अंकले घटेर २६५५.९४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से २.०८ अंकले बढेर २६५८.०२को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ रुपैयाँको कारोबार भएको थियो ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब २६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण १०७ अर्बले घटेर ४४ खर्ब १९ अर्ब ७० करोड कायम भएको छ ।
प्रतिक्रिया